Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशसभाको  अधिवेशन आजदेखि  

सुदूरपश्चिम प्रदेशसभाको  अधिवेशन आजदेखि  

  • सोमवार, पौष १८ २०७९

  • 499
    SHARES

  • सुदूरपश्चिम प्रदेशसभाको  अधिवेशन आजदेखि  
    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सोमबार(आज) बस्ने भएको छ। 
     
    प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते आज दिनको १ बजेदेखि सुरु हुने गरी आह्वान गर्नुभएको छ। 
     
    सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने भएको छ। 
     
    आज प्रदेश सभा सञ्चालनको कानुन के बनाउने, सभामुखको निर्वाचनको कार्यतालिका र शुभकामना मन्तव्य आदान–प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी जैशीले बताउनुभयो।
     
    प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नुहुने छ । कार्य परामर्श समितिको बैठकले माघ २ गते सभामुख र उपसभामुख चयन गर्ने निर्णय गरेको छ।


    सोमवार, पौष १८ २०७९०९:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij