Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सभामुख चयन हुने

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सभामुख चयन हुने

  • आइतवार, पौष १७ २०७९

  • 300
    SHARES

  • सुदूरपश्चिम प्रदेशमा माघ २ गते सभामुख चयन हुने
    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि आगामी माघ २ गते निर्वाचन हुने भएको छ। आइतबार(आज) बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते सभामुख चयनका लागि निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो।
     
    सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ।  प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिउँसो १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ।
     
    प्रथम बैठकको सञ्चालन तथा अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गर्नुहुने छ ।


    आइतवार, पौष १७ २०७९०२:५७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij