Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा हरियाली, ४ महिनापछि नेप्से २ हजार विन्दुमाथि 

शेयर बजारमा हरियाली, ४ महिनापछि नेप्से २ हजार विन्दुमाथि 

  • बिहिवार, पौष १४ २०७९

  • 763
    SHARES

  • शेयर बजारमा हरियाली, ४ महिनापछि नेप्से २ हजार विन्दुमाथि 
    काठमाडौं । चार महिनापछि शेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।
     
    साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार(आज) बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।
     
    आज वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा आज २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको शेयर कारोबार भएको छ ।
     
    जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ ।
     
    आज नेप्सेमा २१४ कम्पनीको शेयर कारोबार हुँदा २०८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्यमा भने गिरावट भएको छ ।
     
    आज नेप्सेमा कारोबार भएकामध्ये ७ कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सृजनशील लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा प्रभु लाइफ इन्स्योरेन्स र श्वेतगंगा हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । 
     
    यता नेस्डो समृद्धि लघुवित्तको शेयर मूल्य १.०४ प्रतिशतले गिरावट हुँदा इस्टन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ०.८२ प्रतिशतले गिरावट भएको छ ।
     


    बिहिवार, पौष १४ २०७९०४:४०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij