काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्री निवासमा सर्नुभएको छ। उहाँ बिहीबार(आज) ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा सर्नुभएको हो ।
रविले गएको सोमबार गृहमन्त्री पदमा नियुक्त भई शपथ ग्रहण गर्नुभएको थियो। उहाँ हिन्दु धार्मिक परम्पराअनुसार वास्तु पूजा गराएर मन्त्री निवास प्रवेश गरेको सचिवालयले जनाएको छ । उहाँ पत्नी निकिता पौडेलसहित मन्त्री निवासमा सर्नुभएको छ ।