काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ ।
पाण्डेले १८ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत ल्याउनुभयो। एक मत बदर भयो । गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।
उहाँ कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुनुहुन्छ।