काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा उहाँले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन हुनुभएको हो ।
लामाले २१ मत पाउदा बानियाँले भने १६ मत मात्र पाउनुभएको छ ।