Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथग्रहण

बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथग्रहण

बाँकी सांसदको शपथ भोलि
  • बुधवार, पौष १३ २०७९

  • 409
    SHARES

  • बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथग्रहण
    काठमाडौं । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसद पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
     
    हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा माओवादीका सांसद ढुंगानाले ज्येष्ठ सदस्यको रूपमा शपथ लिनुभएको हो ।
     
    बागमती प्रदेशसभाका ११० सांसदमध्ये उहाँ सबैभन्दा बढी उमेर ७२ वर्षका सदस्य हुनुहुन्छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभएको थियो ।
     
    उहाँले बाँकी सांसदलाई बिहीबार(भोलि) शपथग्रहण गराएर आगामी संसद् अधिवेशनको सुरु गराउनुहुने छ ।
     


    बुधवार, पौष १३ २०७९०४:०४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij