Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको अवसरवादी व्यवहारले माधव नेपाल दुखित

प्रचण्डको अवसरवादी व्यवहारले माधव नेपाल दुखित

  • मंगलवार, पौष १२ २०७९

  • 821
    SHARES

  • प्रचण्डको अवसरवादी व्यवहारले माधव नेपाल दुखित

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवहारबाट दुखित भएको प्रतिक्रिया दिनुभएको छ ।

    पार्टी कार्यालयमा मंगलबार आयोजित सुदूरपश्चिमबाट निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको बताउनुभएको हो ।

    ‘हाम्रो पार्टीलाई जानकारी नदिई प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। हामीलाई थाहा छैन। पत्रिकामा फोटो देखेर न हामीले थाहा पाएका हौं। हामीलाई बोलाइदिनुपर्‍यो भन्दै कुद्नुपर्थ्यो कि ! हामीलाई पनि सामेल गर्देउ भन्दै जानुपर्ने हो कि ?’ नेपालले भन्नुभयो, ‘मैले यति भनेको छु, प्रचण्डजीको यो व्यवहारबाट म दुखित छु।’

    प्रचण्डले शेरबहादुर देउवासँग एक्लै गएर प्रधानमन्त्री लिने कुरा गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । बालुवाटारमा आफू र केपी ओलीसँग बसेर नयाँ ढंगले कुरा गरौँ भनेर प्रस्ताव गरेका प्रचण्ड पछि एक्लै बालकोट गएको पनि उहाँले सुनाउनुभयो ।

    प्रचण्ड बालकोट पुगेको थाहा पाएपछि शेरबहादुर देउवाले आफूलाई प्रचण्डलाई पहिला प्रधानमन्त्री दिने भन्दै बालुवाटार ल्याउन भने पनि आफूले समय घर्किएको जवाफ दिएको नेपालको भनाइ छ।


    मंगलवार, पौष १२ २०७९०६:५७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij