काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।
नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गर्नुभएको हो । उहाँलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए ।
त्यसपछि उहाँ बालकोट पुग्नुभएको हो । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।