Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो हुँदै

नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो हुँदै

  • शुक्रवार, पौष ८ २०७९

  • 532
    SHARES

  • नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो हुँदै

    काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको लिग स्तरिय लोक दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ ।

    पौष १३ देखि २९ गतेसम्म खुल्ला गरिएको डिजिटल अडिसनको लागि ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएकाहरुले आबेदन दिन सक्नेछन् ।

    नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्।

    दोहोरी आइडलको छायाँकन यही माघबाट र प्रशारण फागुनबाट हुँदैछ।


    शुक्रवार, पौष ८ २०७९०२:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij