Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामान्य टाउको दुख्ने वित्तिकै विदेश जाने प्रवृतिको विकास भयोः केपी ओली

सामान्य टाउको दुख्ने वित्तिकै विदेश जाने प्रवृतिको विकास भयोः केपी ओली

  • शुक्रवार, पौष ८ २०७९

  • 586
    SHARES

  • सामान्य टाउको दुख्ने वित्तिकै विदेश जाने प्रवृतिको विकास भयोः केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामान्य टाउको दुख्दा उपचारका लागि विदेश जाने प्रवृतिको विकास भएको बताउनुभएको छ ।

    आज पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलको सेसनमा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला देश भित्र नै मृगौला प्रत्यारोपण गर्न सफल भएको बताउनुभयो। उहाँले आफूले यहाँका डाक्टर, नर्स, स्वास्थ्यकर्मीलाई विश्वास गरेका कारण सफल भएको दाबी गर्नुभयो।

    उहाँले भन्नुभयो,‘म त्यति बेला प्रधानमन्त्री थिएँ। सरकारले मेरो उपचार खर्च बेहोर्थ्यो। तर बाहिर जाँदा ५० लाख त साधारणतया खर्च हुने हुन्थ्यो। नेपालमै त्यो परिश्रम गरेर त्यो सुविधा प्राप्त गरेका छौं,’ उहाँले भन्नुभयो, ‘नेपालमै त्यो क्षमता डाक्टरहरुले राख्नुहुन्छ।’

    ओलीले नेपालमा विदेशमा प्राप्त हुने ज्ञान र सीप र उपकरणको व्यवस्था भएको दाबी गर्नुभएको छ । उहाँले पद ओहदाको कारणले महँगो पैसा तिर्न बाहिर जान नपर्ने बताउनुभयो।

     


    शुक्रवार, पौष ८ २०७९०२:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij