Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमै वर्षमान पुनले एमालेसँग सरकार बनाउने बताएपछि....

बालुवाटारमै वर्षमान पुनले एमालेसँग सरकार बनाउने बताएपछि....

  • शुक्रवार, पौष ८ २०७९

  • 867
    SHARES

  • बालुवाटारमै वर्षमान पुनले एमालेसँग सरकार बनाउने बताएपछि....

    काठमाडौं । राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेको पाँच दिन वितिसकेको छ । सात दिनका लागि दिएको समय दुई दिन बाँकी रहँदा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसको नेतृत्वमा पहिले सरकार बनाउने भन्ने विषयमा बहस जारी छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी केन्द्रले आफूलाई पहिलोपटक प्रधानमन्त्री अनिवार्य भन्दै सर्त राखेको छ । देउवालाई प्रचण्डले सर्त मात्र राख्नुभएको छैन, आफ्ना उपमहासचिव वर्षमान पुनलाई पठाएर एमालेसँग मिलेर सरकार बनाउने धम्कीसमेत दिइसक्नुभएको छ ।

    दैनिक जसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट र कुराकानी भैरहेको छ । बालुवाटार स्रोतका अनुसार देउवासँगको भेटमा अन्य विषयसँगै हरेकजसो समय प्रचण्डले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन आगह्र गरिरहनुभएको छ ।

    तर, देउवाले भने आफूले पार्टीभित्रको शक्ति व्यवस्थापनका लागि पनि राष्ट्रपति र पहिलो चरणको प्रधानमन्त्री कांग्रेसले पाउनुपर्ने बताउँदै आउनुभएको छ । देउवाको तर्कलाई इन्कार गर्न नसक्दा दाहाल आफ्नो माग छोड्न पनि नसक्ने र देउवाको अडान पनि काट्न नसक्ने अवस्थामा गुज्रिरहनुभएको छ ।

    बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान भने प्रचण्डले आफ्ना उपमहासचिव वर्षमान पुनलाई बालुवाटार पठाउनुभएको थियो । पुनले देउवासँगको भेटमा आफ्नो पार्टीलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइसकेकाले कांग्रेसले नदिने हो भने एमालेसँगै मिलेर सरकार बन्न सक्ने स्पष्ट संकेत गर्नुभएको छ । उहाँले माओवादी केन्द्र अझै पनि गठबन्धनकै तर्फबाट पहिलो प्रधानमन्त्रीको दावी रहेको भन्दै कांग्रेस त्यसमा सहमत नभए गठबन्धनमा माओवादी केन्द्र नरहने बताउनुभएको छ ।

    “वर्षमानजीले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री बानाउन सकिँदैन भने माओवादी केन्द्रले गठबन्धन छोड्छ भन्ने सन्देश सुनाउनु भएको छ,” बालुवाटार स्रोतले भन्यो, “हामी त्यो कुरा सत्य हो भने प्रचण्डबाटै आओस भनेर कुरिरहेका छौँ,” स्रोतका अनुसार प्रचण्डले सत्ता गठबन्धन छोडेमा बालुवाटार ‘प्लान बी’ तयार पारेर बसेको छ ।

    “निर्वाचनमा जनतासँग भोटसमेत गठबन्धनलाई नै मागेको हुँदा सरकार निर्माणमा तत्काल गठबन्धनको विकल्प सोचिएको छैन । प्रधानमन्त्रीको इच्छा गठबन्धनलाई साथमै लिएर अघि बढ्नेछ,” स्रोतले भन्यो, “तर, प्रचण्ड गठबन्धन छोड्नुहुन्छ भने घोषणा गर्न दिउँ । त्यसपछिका योजना तपाईंहरूले थाहा पाउनु नै हुनेछ ।”


    शुक्रवार, पौष ८ २०७९०२:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij