काठमाडौं । लोक तथा दोहोरी गायक मेक्सम खातीको 'पुकुली माया' भर्खरैमात्र सार्वजनिक भएको छ । गायक तथा सर्जक नरेश खातीको शब्द संगीतमा तयार पारिएको पुकुली मायामा आफुले माया गर्ने प्रेमिकोको प्रेमिल वर्णन गरिएको छ ।
सामान्यतय आफुले माया गर्ने प्रेमि, प्रेमिकालाई अलग्गै नामलेपनि बोलाईने गरिन्छ । पुकुली माया यो शब्दपनि त्यस्तै एक मिठो प्रेमिल नाम हो । गायक स्वयम् मेक्समको अभिनय रहेको लोक आधुनिक गीत 'पुकुली माया'मा मुस्ताङको रमणीय दृश्यहरु देख्न सकिन्छ ।
नरेशको निर्देशन रहेको उक्त गीतका क्यामरापर्सनसमेत उनै हुन् । यसभन्दा अगाडि आएको नरेशको स्वर, शब्द तथा संगीतमा रहेको गीत माया मारेर करोड क्लवमा पुगेको छ ।
उनका सबै गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएका छन् । यो गीतलेपनि सबैको मन जितोस हाम्रो शुभकामना ।