Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महेन्द्र राय यादवसहित चारजना सांसदले भोलि शपथ लिने

महेन्द्र राय यादवसहित चारजना सांसदले भोलि शपथ लिने

  • बिहिवार, पौष ७ २०७९

  • 808
    SHARES

  • महेन्द्र राय यादवसहित चारजना सांसदले भोलि शपथ लिने
    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार(भोलि) बिहान पद तथा गोपनीयताको शपथ लिनु हुनेभएको छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । 
     
    यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले भोलि बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनुहुने छ। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिनुभयो । 
     
    यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित हुनुभयो। आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा हुनुहुन्छ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।


    बिहिवार, पौष ७ २०७९०५:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij