Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना विशेष संसदीय समिति बनाउन काठमाडौंका २० सांसदद्वारा सभामुखको ध्यानाकर्षण

कोरोना विशेष संसदीय समिति बनाउन काठमाडौंका २० सांसदद्वारा सभामुखको ध्यानाकर्षण

  • शुक्रवार, भाद्र २६ २०७७

  • 970
    SHARES

  • कोरोना विशेष संसदीय समिति बनाउन काठमाडौंका २० सांसदद्वारा सभामुखको ध्यानाकर्षण

    काठमाडौं । सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझाव दिन संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट गरी काठमाडौंका २० सांसदहरुले कोभिड–१९ को कारणले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर, उद्योग धन्दा, शैक्षिक संस्था तथा सर्वसाधारणमा परेको असरको अनुगमन गर्ने गरी संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

    कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको समस्या र उनीहरुको व्यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरुको भनाइ छ ।सांसदहरुले आर्थिक वर्ष २०७६÷७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र आर्थिक वर्ष ०७७/०७८ को रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेशन वार्ड बनाउने प्रस्ताव पनि गरेका छन् ।

    यसअघि सांसदहरुले यहि बेहोराको पत्र सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलेलाई पनि बुझाएका थिए । सभामुखको ध्यानाकर्षण गराउने सांसदहरुमा नेकपाका वरिष्ठ माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्ण राई, शशी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, विन्दा पाण्डे, रामकुमारी झाँक्री, सरिता न्यौपाने, विना श्रेष्ठ, अञ्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने र सुजिता शाक्य रहेका छन् ।

    त्यस्तै नेपाली कांग्रेसका प्रकाशमान सिंह, गगन थापा, राजेन्द्र केसी, दिव्यमणि राजभण्डारी र भीमसेनदास प्रधान रहेका छन् । उक्त टोलीमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठ र रेनुका गुरुङ पनि रहेका छन् ।

     


    शुक्रवार, भाद्र २६ २०७७०४:०३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij