Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको ‘खाना वितरण खबरदारी’

विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको ‘खाना वितरण खबरदारी’

  • शुक्रवार, भाद्र २६ २०७७

  • 1.1K
    SHARES

  • विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको ‘खाना वितरण खबरदारी’

    काठमाडौं। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्न वाध्य विपन्न मजदुरहरु भोकमरीले छटपटिन थाले पछि साझा पार्टीले खाना वितरण अभियान जारी गरेको छ ।

    भक्तपुरबाट जारी अभियान अहिले उपत्यकाको ललितपूर, काठमाडौं र भक्तपुरको प्रमुख आवश्यकिय क्षेत्रमा जारी छ । ‘बिहान खाए बेलुका के खाँउ’ भन्ने विडम्बनावाट गुज्रिरहेका लाखौंको संख्यामा रहेका विपन्न हरु सर्वहाराको जगबाट उदाएको भनिने सरकारले कुनै राहतको कार्यक्रम संचालन नगरे पछि रचनात्मक खबरदारी स्वरुप यस्ता अभियान संचालन गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए।

    ‘अति विपन्न लक्षित राहत कार्यक्रम घोषणाका लागि सरकारलाई रचनात्मक खवरदारी गर्न साझा पार्टीले जारी गरेको खाना वितरण अभियानले थोरै समयमा यति धेरै प्रतिकृया, प्रशंसा र सहयोगी हातहरुको साथ पाउनु पनि विपतमा अभिभावक हुनु पर्ने सरकारको तमासेपारा र निकम्मापनकै कारण हो , केन्द्रीय सदस्य परियारको विश्लेषण छ।

    साझा पार्टी खाना वितरण अभियानका अभियन्ता कपीलदेव कर्माचार्य भन्छन ‘भोका निमुखालाई सेवा गर्न पाँउदा आनन्द त आँउछ, तर सरकारको वेवास्ता देख्दा बिद्रोही वनाउँछ। हाम्रो पहल सकारात्मक दवाब र मानवीयतानै मुख्य हो ।

    यसैवीच साझा पार्टीले ललितपुरमा विवेकशील नेपाली दलसंग मिलेर संचालन गरेको तातो भात अभियान प्रभावकारी बन्दै गएको साझा पार्टीका ललितपुर संयोजक उज्जवलकृष्ण श्रेष्ठले बताएका छन् ।

    खाना वितरण अभियान अन्तर्गत भक्तपुरको च्यामासिंह , कमलबिनायक, सुर्य विनायक, गठ्ठाघर, पुरानो ठिमि र कौशलटारमा विहानो १० बजे र साँझको ५ बजे संचालन भईरहेको साझा अभियन्ता रोशन वस्नेतले जानकारी दिएका छन।

    वुधवार वानेश्वर र स्वयम्भूबाट शुरु काठ्माडौंको अभियान बिहीवारवाट चाबहील, सिनामंगल र भत्केकोपुलमा पनि विस्तार गरिएको साझा अभियन्ता चोकराज घिमिरेले जानकारी दिए ।

    उपत्यकामा मात्रै निर्माण कार्यमा आवद्ध अढाई लाख मजदुर, अनौपचारिक क्षेत्रमा श्रम गर्ने २९ हजार कामदार, रिक्सा मजदुर,भरिया जस्ता दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्नु पर्ने हजारौको संख्याका मजदुरहरु अहिले एक छाक टार्न धौधौको अवस्थावाट तड्पिरहेकाछन।


    शुक्रवार, भाद्र २६ २०७७०३:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij