काठमाडौं । गायिका उर्मिला लाम्गादेको 'लिन आउँछु भन्थ्यौ' सार्वजनिक भएको छ । नायिका पूजा शर्मा र राज कटुवालको अभिनय रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धरौलीको शब्द रहेको छ ।
लोक आधुनिक शैलीको गीतलाई बूढासुब्बा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो। गीत युट्युव ट्रेन्डिङको ३२ नम्बरमा छ ।
गीतलाई कविराज गहत राजले निर्देशन गरेका छन् । विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।