Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड शिक्षण अस्पतालमा

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड शिक्षण अस्पतालमा

  • बुधवार, पौष ६ २०७९

  • 740
    SHARES

  • माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड शिक्षण अस्पतालमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुग्नुभएको छ ।

    रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार (आज) दिउँसो देउवा र प्रचण्ड पुग्नुभएको हो । उहाँहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका नेताहरु निकट स्रोतले जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दावी पेश गर्न १० पुससम्मको समय दिनुभएको छ । चार सत्तारुढ दलभित्र शक्ति बाँडफाँटमा सहमति हुन सकेको छैन ।

    नेताहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित प्रमुख पदलहरुमा प्याकेजमै सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् ।


    बुधवार, पौष ६ २०७९०३:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij