Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा सरकारमा नजाने

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा सरकारमा नजाने

  • बुधवार, पौष ६ २०७९

  • 1.1K
    SHARES

  • कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा सरकारमा नजाने

    काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्री भावी सरकारमा नजाने भएका छन् ।

    कांग्रेस संसदीय दलको निर्वाचनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने बताउनुभएको हो ।

    थापाले प्रधानमन्त्री बन्ने उद्देश्यसहित कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएको थियो । थापा देउवासँग पराजित हुनुभएको छ । उहाँले नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने स्पष्ट पार्नुभएको छ ।

    अर्का महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफ्नो ध्यान नरहेको बताउनुभएको छ । महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको वर्ष दिन मात्रै भएकाले आफ्नो पहिलो प्राथमिकता पार्टीलाई सुसंगठित गर्नु रहेको उहाँको भनाइ छ ।


    बुधवार, पौष ६ २०७९०३:०८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij