Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन एमालेको सर्कुलर

शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन एमालेको सर्कुलर

  • बुधवार, पौष ६ २०७९

  • 515
    SHARES

  • शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन एमालेको सर्कुलर

    काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।

    पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताउनुभयो ।

    ‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ । नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।


    बुधवार, पौष ६ २०७९०२:०३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij