Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, एक घण्टासम्म के भयो कुराकानी ?

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, एक घण्टासम्म के भयो कुराकानी ?

  • सोमवार, पौष ४ २०७९

  • 772
    SHARES

  • प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, एक घण्टासम्म के भयो कुराकानी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    बिहान चितवन पुग्नुभएका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिधै कोटेश्वरस्थित नेता नेपालको निवास पुग्नुभएको थियो । प्रचण्ड र नेपालबीच एक घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ। उनीहरूबीच नयाँ सरकार गठन लगायतका विषयमा कुरा भएको बताइएको छ।

    आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिने म्याद दिएर दलहरुलाई संविधानको ७६ (२) अनुसार नयाँ प्रधानमन्त्री सिफारिस गर्न समय दिइसक्नुभएको छ । राष्ट्रपतिको आह्वानलगत्तै आइतबार साँझ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

    सोमबार बिहान चितवन पुगेका प्रचण्डले आफू प्रधानमन्त्री पदकै लागि जे पनि नगर्ने र सत्ता गठबन्धनभित्रै प्याकेजमा सहमतिको प्रयास भइरहेको बताउनुभएको थियो ।


    सोमवार, पौष ४ २०७९०५:३८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij