काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो ।
नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । हिजो सेयर बजार २७.५४ अंकले घटेको थियो ।
आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र ८८ करोड ६० लाखभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ । आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएको छ ।