Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मातृभाषामा सपथ लिन चाहाने सांसदले तीन दिनअघि जानकारी दिनुपर्ने

मातृभाषामा सपथ लिन चाहाने सांसदले तीन दिनअघि जानकारी दिनुपर्ने

  • सोमवार, पौष ४ २०७९

  • 478
    SHARES

  • मातृभाषामा सपथ लिन चाहाने सांसदले तीन दिनअघि जानकारी दिनुपर्ने

    काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदैछ ।

    मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो ।

    संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्न लागेको छ ।


    सोमवार, पौष ४ २०७९०२:०२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij