Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले संसदीय दलको नेता बुधबार छनोट गर्ने

कांग्रेसले संसदीय दलको नेता बुधबार छनोट गर्ने

  • सोमवार, पौष ४ २०७९

  • 782
    SHARES

  • कांग्रेसले संसदीय दलको नेता बुधबार छनोट गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार बिहान हुने भएको छ ।

    कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

    संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो ।

    उम्मेदवारी दर्ता बुधबार बिहानै सुरु हुने उहाँको भनाइ छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ ।

    शशांक कोइरालाले देउवालाई समर्थन गर्दा गिरि र खड्का पनि सँगै उभिने सम्भावना छ भने गौचनको झुकाव पनि देउवातिर देखिन्छ । योगेशका बुवा मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकाली पछिल्लो समय देउवासँग नजिक देखिन्छन् ।

    १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका सांसद प्रदीप पौडेल भने गगन थापाको पक्षमा उभिने सम्भावना बढी छ ।


    सोमवार, पौष ४ २०७९०१:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij