Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फेसबुक स्टाटसको विषयमा हर्क साम्पाङले मागे क्षमा

फेसबुक स्टाटसको विषयमा हर्क साम्पाङले मागे क्षमा

  • आइतवार, पौष ३ २०७९

  • 608
    SHARES

  • फेसबुक स्टाटसको विषयमा हर्क साम्पाङले मागे क्षमा

    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो एउटा फेसबुक स्टाटसको विषयमा क्षमा माग्नुभएको छ । उहाँले गत मंसिर २८ गते फेसबुक स्टाटसमा विरोधीहरुलाई उधृत गर्दै ‘चमारे’ शब्द उल्लेख गर्नुभएको थियो ।

    सो विषयमा राष्ट्रिय दलित आयोगले पनि आपत्ति जनाएको थियो । साम्पाङले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई नराम्रो लागेकोप्रति दुःख व्यक्त गर्दै क्षमा माग्नुभएको छ ।

    ‘मिति २०७९र०८र२९ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्‍याउने नियतवश सो स्टाटस पोष्ट नगरेको जानकारी गराउँदछु ।’


    आइतवार, पौष ३ २०७९०७:२९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij