Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

द भ्वाइस अफ नेपालबाट बाहिरिए अछामका आशिष महर

द भ्वाइस अफ नेपालबाट बाहिरिए अछामका आशिष महर

  • आइतवार, पौष ३ २०७९

  • 680
    SHARES

  • द भ्वाइस अफ नेपालबाट बाहिरिए अछामका आशिष महर

    काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–४’मा अछामका आशिष महर बाहिरिनुभएको छ । अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शकको मन जित्दै अन्तिम ६ मा प्रवेश गर्नुभएको थियो ।

    केहिदिन पहिले धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पार्नुभएको थियो । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उहाँका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए। आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत परेको थियो ।

    महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याउनुभएको थियो । उहाँले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गर्नुभएको थियो । तर उहाँ अगाडी बढ्न सकेनन । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

    अब भने द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।


    आइतवार, पौष ३ २०७९०५:३१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij