Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड भन्छन्ः सांसदहरूको सपथ ग्रहणपछि मात्रै नयाँ सरकार बन्नुपर्छ

प्रचण्ड भन्छन्ः सांसदहरूको सपथ ग्रहणपछि मात्रै नयाँ सरकार बन्नुपर्छ

  • आइतवार, पौष ३ २०७९

  • 592
    SHARES

  • प्रचण्ड भन्छन्ः सांसदहरूको सपथ ग्रहणपछि मात्रै नयाँ सरकार बन्नुपर्छ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको सपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ ।

    पार्टी कार्यालयमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिँदै उहाँले छिट्टै नयाँ सरकार गठन हुने पनि बताउनुभयो। उहाँले आज बसेको पदाधिकारी बैठकमा सांसदहरुको सपथ ग्रहण नगर्दा नै सरकार गठन गर्नु सही नभएको निष्कर्ष निकालिएको बताउनुभयो ।

    “विगतमा सरकार गठन गर्दा सांसदहरुको बैठक राख्दा सांसदहरुको बैठक नहुँदै सरकार गठनको नजिर जस्तो बन्न गएको छ । त्यो सही होइन्,” उहाँले भन्नुभयो ।

    उहाँले निर्वाचन आयोगले राष्ट्रपति कहाँ र राष्ट्रपति कार्यलयबाट निर्वाचित सांसदहरुको नाम गइसकेपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनु सुल्टो हुने बताउनुभयो ।

     


    आइतवार, पौष ३ २०७९०४:५१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij