Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा  २७ अंकको गिरावट,  एक अर्ब १५ करोडको कारोबार

नेप्सेमा  २७ अंकको गिरावट,  एक अर्ब १५ करोडको कारोबार

  • आइतवार, पौष ३ २०७९

  • 539
    SHARES

  • नेप्सेमा  २७ अंकको गिरावट,  एक अर्ब १५ करोडको कारोबार
    काठमाडौं । शेयर बजार परिसूचक नेप्से आइतबार(आज) २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ । लगातार घट्दो क्रममा रहेको शेयर बजारमा यस साताको पहिलो कारोबार  दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो । 
     
    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज २.८८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.०६ प्रतिशतले र अन्य समूहको उपसूचक २.१९ प्रतिशतले घटेको छ । 
     
    यस्तै बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । 
     
    बजारमा आज १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच भएको छ । 
     
    आज सबैभन्दा बढी कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सबैभन्दा बढी इस्टर्न हाइड्रोपावर लिमिटेडका शेयर धनीले ९.९९ प्रतिशतले कमाएका छन् ।
     


    आइतवार, पौष ३ २०७९०३:४१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij