Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको नागरिकता प्रकरणमा के गर्दैछ प्रहरी ?

रवि लामिछानेको नागरिकता प्रकरणमा के गर्दैछ प्रहरी ?

  • आइतवार, पौष ३ २०७९

  • 553
    SHARES

  • रवि लामिछानेको नागरिकता प्रकरणमा के गर्दैछ प्रहरी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गरिरहेको प्रहरीले अमेरिकी दूतावासबाट जवाफ पर्खिरहेको छ ।

    गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेको नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

    लामिछानेले दोहोरो नागरिकता लिएको, अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता नत्यागेको र अमेरिकी नागरिक रहेकै समयमा समेत नेपाली नागरिकले प्रयोग गर्ने नागरिकता र पासपोर्ट प्रयोग गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो ।

    सिन्धुलीका युवराज पौडेलले दिएको उजुरीका आधारमा गृह मन्त्रालयले सो विषयको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त विषयको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर छानबिनका लागि निर्देशन दिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुसन्धानका लागि पत्र प्राप्त भए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न निकायमा पत्राचार गर्दै नागरिकतासम्बन्धी कागजात मगाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गर्न प्रहरीले अमेरिकी दूतावासमा पनि पत्र पठाएको छ । लामिछानेसँग सम्बन्धित विवरण उपलब्ध गराइदिन भन्दै प्रहरीले दूतावासलाई पत्र पठाएको हो ।


    आइतवार, पौष ३ २०७९०१:३४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij