Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

  • शनिवार, पौष २ २०७९

  • 620
    SHARES

  • रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै प्रदर्शनकारीले पाँचौ दिन पनि प्रदर्शन जारी राखेका छन् ।

    शान्तिपूर्ण प्रदर्शनमा नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता, थारु कल्याणकारिणीसभा तथा थरुहटरथारुवान संयुक्त संघर्ष समितिका प्रतिनिधि सहभागी थिए । प्रदर्शनकारीले ‘लाल आयोगको प्रतिवेदन सावर्जनिक गर’, ‘राजबन्दी रिहाइ गर’, ‘टीकापुर घटना राजनीतिकरण गर’, ‘जनताको लागि लडेको, जेलमै सड्नु परेको रु’, ‘न्याय देउ, न्याय देउ रेशमजीलाई बाहिर लेउ’ भन्ने नारा लेखिएका प्लेकार्ड र व्यानरसहित प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा बोल्दै कैलालीका टीकाराम चौधरीले जुन सरकार आए पनि थारुहरुको अधिकार सुनिश्चित हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘निर्दोष मान्छेलाई रिहाइ गर्नुपर्छ भन्ने हाम्रो माग हो । अनि लाल आयोग प्रतिवदेन सार्वजनिक गर्नुपर्दैन ?,’ उहाँले भन्नुभयो ।

    उन्मुक्ति पार्टीका नेता ललित ताम्राकारले रेशम चौधरी निर्दोष रहेको भन्दै निर्दोष छोरा कतिन्जेल जेलमा बसिराख्नुपर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजबन्दीमाथि अन्याय भएको छ । चुनावमा बहुमतले नै उनलाई निर्दोष भनेर चुनिसके । थारु समुदायलाई अन्यायमा पारेर लोकतन्त्र बचाउन सकिँदैन ।’

    उहाँले रेशम चौधरीलाई रिहाइ नगरुन्जेल संघर्ष जारी राख्ने र उनको रिहाइबिना सरकारमा जानुको औचित्य नरहेको टिप्पणी गर्नुभयो ।

    प्रदर्शनमा कवि भूमिका थारुले जेलबाटै लेखिएको रेशम चौधरीको कविता वाचन गर्नुभएको थियो ।


    शनिवार, पौष २ २०७९०५:४३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij