Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मध्यावधि निर्वाचन हुने खतरा छः टोपबहादुर रायमाझी

मध्यावधि निर्वाचन हुने खतरा छः टोपबहादुर रायमाझी

  • शनिवार, पौष २ २०७९

  • 822
    SHARES

  • मध्यावधि निर्वाचन हुने खतरा छः टोपबहादुर रायमाझी

    काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश नदिएको बताउनुभएको छ । आज नेकपा एमाले अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाइ कार्यक्रममा रायमाझीले पाँच दल मिल्दा पनि जनताले सरकार बनाउन गठबन्धनलाई बहुमत नदिएको बताउनुभयो।

    एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको उहाँले बताउनुभयो। उहाँले अहिलेको अवस्था सरकार गठनका लागि अन्य दलको साहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको स्पष्ट पार्नुभयो।

    उहाँले गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, वामपन्थी बाहेकको सरकार बनाउने, वामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चारवटा सम्भावना रहेको उल्लेख गर्नुभयो। सरकार गठनका विषयमा ठूला दलहरु बेलैमा गम्भीर नभए देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको उहाँको भनाइ छ।

    उहाँले गठबन्धन सरकारले मुलुकको आर्थिक लगायतका क्षेत्रलाई अस्तव्यस्त पारेकाले अव बस्ने सरकारले मुलुकलाई सही ठाँउमा ल्याउनुपर्ने बताउनुभयो।


    शनिवार, पौष २ २०७९०५:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij