Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कुनै पनि क्षेत्रमा पुनः मतदान र पुनः मतगणना हुदैनः दिनेश थपलिया

कुनै पनि क्षेत्रमा पुनः मतदान र पुनः मतगणना हुदैनः दिनेश थपलिया

  • शनिवार, पौष २ २०७९

  • 604
    SHARES

  • कुनै पनि क्षेत्रमा पुनः मतदान र पुनः मतगणना हुदैनः दिनेश थपलिया

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

    मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाउनुभएका थपलियाले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो । निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उहाँले पुनः मतगणना र पुनः मतदान गर्न नपर्ने बताउनुभयो ।

    ‘आयोगले गरेको कुनैपनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ’, उहाँले भन्नुभयो,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’

    निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उहाँको दाबी छ ।


    शनिवार, पौष २ २०७९०५:१७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij