Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले घटायो इन्धनको मूल्य

  • शुक्रवार, पौष १ २०७९

  • 831
    SHARES

  • आयल निगमले घटायो इन्धनको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

    शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ र ३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

    मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८ रुपैयाँ थियो ।

    हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।


    शुक्रवार, पौष १ २०७९०८:२२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij