Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकन प्रहरीले आस्था राउतलाई इमिग्रेसनबाटै फर्कायो

अमेरिकन प्रहरीले आस्था राउतलाई इमिग्रेसनबाटै फर्कायो

  • बिहिवार, मंसिर २९ २०७९

  • 1.3K
    SHARES

  • अमेरिकन प्रहरीले आस्था राउतलाई इमिग्रेसनबाटै फर्कायो

    काठमाडौं । चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ ।

    एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो ।

    आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।

    आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या रहेको गायिका आस्थाले बताएकी छन् । ‘भिजिट भिषामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो’, आस्थाले अगाडि भनिन्– ‘अहिले भने भिजिट भिषा हुँदैन, पफमेन्स भिषा चाहियो भनेर फर्कियो ।’

    पहिले भन्दा अहिले अमेरिकाका नियम परिवर्तन भएको कारणले पनि आफूलाई फर्काएको हुन सक्ने आस्थाको धारणा रहेको छ ।

    ‘इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गरेर समस्या मिलाउनु समेत भनेका छन्’ आस्थाले थपिन् । गत डिसेम्बर १२ तारिकमा नेपाल फर्किएकी आस्था आफ्नो भिषाको बिषयमा अमेरिका दुतावास जान भने बाँकी रहेको छ ।

    आस्था यस अगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन् । नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स समायोजित गीत हो । ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।


    बिहिवार, मंसिर २९ २०७९०४:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij