Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीसँग भेटेपछि देव गुरुङले भने– उहाँलाई शुभकामना दिएँ

ओलीसँग भेटेपछि देव गुरुङले भने– उहाँलाई शुभकामना दिएँ

  • बुधवार, मंसिर २८ २०७९

  • 841
    SHARES

  • ओलीसँग भेटेपछि देव गुरुङले भने– उहाँलाई शुभकामना दिएँ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओलीलाई भेट्न गुरुङ हिजो साँझ उहाँको निवास बालकोट पुग्नुभएको थियो ।

    निर्वाचन जितेकामा बधाई तथा शुभकामना दिनका लागि मात्र आफू भेट्न गएको गुरुङले बताउनुभएको छ । निर्वाचन जितेका वरिष्ठ नेतालाई त शुभकामना दिनुपर्‍यो नि ? पाँचदलीय गठबन्धनका नेताहरूलाई त बैठकमा भेट भइहाल्छ,” गुरुङले भन्नुभयो, “ओलीजीसँग त बैठकमा भेट हुने कुरा भएन । अहिले शुभकामना दिने कुरा मात्रै हो । अरू केही होइन ।”

    निश्चित राजनीतिक भन्दा समसामयिक विषयमा कुराकानी भएको उहाँको दावी छ।

    नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला एमाले अध्यक्ष र माओवादी महासचिवको सो भेटलाई महत्त्वका साथ हेरिएको छ । तर, उहाँले सरकार निर्माणका बारेमा छलफलै नभएको जिकिर गर्नुभएको छ ।


    बुधवार, मंसिर २८ २०७९०२:२७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij