Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा

  • सोमवार, मंसिर २६ २०७९

  • 740
    SHARES

  • सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा

    काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताउनुभयो ।

    हिजो बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।

    सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ ।

     


    सोमवार, मंसिर २६ २०७९०६:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij