Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, १० जनाको मृत्यु

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, १० जनाको मृत्यु

  • सोमवार, मंसिर २६ २०७९

  • 458
    SHARES

  • पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, १० जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ ।

    अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ । अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् । अफगानिस्तानी सुरक्षाकर्मीले आफ्नै भूमिमा चेकपोष्ट बनाउन थालेपछि पाकिस्तानी सेनाले त्यसलाई रोकेका कारण विवाद भएपछि गोली हानाहान भएको अफगानिस्तानका सैन्य अधिकारीलाई उदृत गर्दै वेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।


    सोमवार, मंसिर २६ २०७९०२:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij