Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायत र भारतबीच आजदेखि स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदै

बेलायत र भारतबीच आजदेखि स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदै

  • सोमवार, मंसिर २६ २०७९

  • 588
    SHARES

  • बेलायत र भारतबीच आजदेखि स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदै

    काठमाडौं । बेलायत र भारतबीच आजदेखि स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ ।

    बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौँ चरणको वार्ता प्रारम्भ गर्नेछिन् ।

    वाणिज्य मन्त्री बाडेनोकको भ्रमणले बेलायत र भारत बीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलाइत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।

    वार्ता प्रारम्भ हुनुअघि दुवै देशका प्रतिनिधिलाई मन्त्री बाडेनोचले सम्बोधन गर्ने कार्यक्रम छ । उनले भारतका व्यापारीका आवश्यकताबारे जानकारी लिन भारतीय उद्योग व्यवसायी सङ्घका नेताहरूसँग पनि भेटवार्ता गर्नेछिन् । यसक्रममा ‘फेयरट्रेड पेपर एण्ड प्याकेजिङ’ उत्पादन गर्ने प्लान्ट निर्माण गर्न भारतमा एक करोड पाउण्डभन्दा बढी लगानी गर्ने बेलायती कम्पनीका पदाधिकारीसँग पनि बैठक हुनेछ ।

    यसैबीच, बेलायत उद्योग परिसङ्घका अन्तर्राष्ट्रिय निर्देशक एन्डी बर्वेलले बेलायत–भारत स्वतन्त्र व्यापार सम्झौता द्विपक्षीय व्यापार प्रवर्द्धन तथा औद्योगिक विकासका निम्ति महत्वपूर्ण हुने बताउँदै त्यसमा नै बेलायतले जोड दिने बताएका छन् ।

    पारस्परिक व्यापारलाई सन्तुलित एवम् व्यापक तुल्याउन यथाशीघ्र सम्झौता हुनुपर्ने अभिमत उनले व्यक्त गरेका छन् । साथै उनले बेलायतका कम्पनीहरू भारतमा लगानी गर्न उत्सुक रहेका बताएका छन् ।

    तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलायतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर उनीहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो ।


    सोमवार, मंसिर २६ २०७९०२:१२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij