Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

निलम्बित प्रधानन्यायाधीश जबरालाई पनि कारण देखाऊ आदेश

निलम्बित प्रधानन्यायाधीश जबरालाई पनि कारण देखाऊ आदेश

  • शुक्रवार, मंसिर २३ २०७९

  • 499
    SHARES

  • निलम्बित प्रधानन्यायाधीश जबरालाई पनि कारण देखाऊ आदेश

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोग निष्प्रभावी भएको भन्दै पत्र लिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि कारण देखाऊ आदेश जारी गरेको छ ।

    महाभियोग संसद्मा विचाराधीन रहेका बेला महाभियोग ‘निष्प्रभावी भएको’ भन्दै पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमसहितलाई कारण देखाऊ आदेश जारी गरेको संवैधानिक इजलासले पत्र लिएका जबरालाई पनि कारण देखाऊ आदेश जारी गरेको हो ।

    “यसमा के कसो भएको हो, निवेदको माग बमोजिवमको आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार र कारण भए सो समेत खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटोका म्यादबाहेक सात दिनभित्र प्रत्यर्थिमध्येका सम्माननीय प्रधान्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थिहरूले महान्याधीवक्तको कार्यालयमार्फत लिखित जवाफ पेर गर्नू,” संवैधानिक इजलासले जारी गरेको कारण देखाऊ आदेशमा भनिएको छ ।


    शुक्रवार, मंसिर २३ २०७९०५:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij