Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’बाट बाहिरिइन्

नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’बाट बाहिरिइन्

  • बुधवार, मंसिर २१ २०७९

  • 712
    SHARES

  • नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’बाट बाहिरिइन्

    काठमाडौं । नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ बाट बाहिरिनुभएको छ । एक पछि अर्को चरणमा सफलतापूर्वक प्रवेश गरिरहनुभएकी परिजिता नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट बाहिरिनुभएको हो ।

    कोच जोन लिजेन्डको समूहलाई प्रतिनिधित्व गरेर प्रतिस्पर्धामा उत्रिनुभएकी परिजिताले सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिनुभएको थियो । उहाँको सेमिफाईनलको प्रस्तुति र गायकीको खुवै प्रशंसा भएको थियो । उहाँको लागि नेपाली मूलका कलाकार र समुदायमात्र नभएर बाहिरी कलाकारहरुले पनि भोट र समर्थनका लागि आग्रह गरेका थिए । तर कम भोटका कारण बाँस्तोला फाईनलसम्म भने आफ्नो यात्रा तय गर्न असफल हुनुभयो ।

    नेपाली क्यालेन्डरअनुसार ‘द भ्वाइस’ को फिनाले यही मंसिर २६ र २७ गते हुँदैछ ।


    बुधवार, मंसिर २१ २०७९०५:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij