Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा एकल अंकको सामान्य वृद्धि, १ अर्ब ५६ करोडभन्दा बढी कारोबार

नेप्सेमा एकल अंकको सामान्य वृद्धि, १ अर्ब ५६ करोडभन्दा बढी कारोबार

  • आइतवार, मंसिर १८ २०७९

  • 474
    SHARES

  • नेप्सेमा एकल अंकको सामान्य वृद्धि, १ अर्ब ५६ करोडभन्दा बढी कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।

    अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आज जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ ।

    नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

    आज नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

     


    आइतवार, मंसिर १८ २०७९०३:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij