काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संस्थापक बिपी कोइरालाको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
बिपीको १०७ औं जन्मजयन्तीको अवसरमा काँग्रेस रुपन्देहीले जुममार्फत आयोजना गरेको सेमिनारलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।
‘बिपीकै विचार र योगदानका कारण काँग्रेस अहिलेको अवस्थामा छ’, उहाँले भन्नुभयो, ‘बिपीलाई आफूले जहिल्यै पनि उच्च सम्मान गर्ने गरेको छु ।’