Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाजुरामा विवाद सुल्झिएसँगै रोकिएको मतगणना पुनः सुरु

बाजुरामा विवाद सुल्झिएसँगै रोकिएको मतगणना पुनः सुरु

  • शुक्रवार, मंसिर १६ २०७९

  • 679
    SHARES

  • बाजुरामा विवाद सुल्झिएसँगै रोकिएको मतगणना पुनः सुरु
    काठमाडौं ।  बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ ।  मतगणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि  पुनः मतगणना सुरु गरिएको छ । यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।
     
    उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
     
    प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएको दाबी कांग्रेस कार्यकर्ताहरूले गरेका थिए ।
     
    निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।


    शुक्रवार, मंसिर १६ २०७९०३:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij