Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकियो

बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकियो

  • शुक्रवार, मंसिर १६ २०७९

  • 634
    SHARES

  • बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकियो

    काठमाडौं । बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतदान अधिकृतले मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

    मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा हुनुहुन्छ।

    उहाँले ५ हजार ४१९ मत प्राप्त गर्दा एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मत पाउनुभएको छ । प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगाडि हुनुहुन्छ ।


    शुक्रवार, मंसिर १६ २०७९०२:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij