Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा दोहोरो अंकको वृद्धि, १ अर्ब ३२ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको वृद्धि, १ अर्ब ३२ करोडको कारोबार

  • बिहिवार, मंसिर १५ २०७९

  • 627
    SHARES

  • शेयर बजारमा दोहोरो अंकको वृद्धि, १ अर्ब ३२ करोडको कारोबार
    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ११.२२ अंक (०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।
     
    नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटेल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बीमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ ।
     
    बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८६ करोडमा सीमित भएको कारोबार रकम आज ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर  किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।
     
    जसमध्ये नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख ५७ हजारको कारोबार भएको छ । आकर्षक लाभांश गर्ने अपेक्षामा बैंकको शेयर मूल्य सँगै कारोबार रकम हरेक दिन बढ्दै गएको छ । आज एनसीसी बैंकको संस्थापक सेयर पनि ८ करोड १३ लाख ५९ हजारको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७८१ लाख ९४ हजारको कारोबार भएको छ ।
     
    आज नेप्सेमा १९६ कम्पनीको शेयर  कारोबार भएकोमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको शेयर मूल्य स्थिर छ । जसमध्ये धौलागिरि लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै श्वेतगंगा हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.२१ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको शेयर मूल्य ५.०८ प्रतिशतले वृद्धि भएको छ ।
     
    यता सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावरको शेयर मूल्य २.६३ प्रतिशत र रुरु जलविद्युत कम्पनीको शेयर मूल्य २.५३ प्रतिशतले गिरावट भएको छ ।


    बिहिवार, मंसिर १५ २०७९०४:४०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij