Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस कार्यकर्ताले मागे रूपन्देही जिल्ला नेतृत्वको राजीनामा

कांग्रेस कार्यकर्ताले मागे रूपन्देही जिल्ला नेतृत्वको राजीनामा

  • बुधवार, मंसिर १४ २०७९

  • 638
    SHARES

  • कांग्रेस कार्यकर्ताले मागे रूपन्देही जिल्ला नेतृत्वको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्।

    देशभर सबैभन्दा धेरै सिट जितेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा शून्य भएको छ।

    यसपटक सत्तारूढ दलहरूसँग गठबन्धन गर्दा पनि गृहमन्त्री बालकृष्ण खाण समेत पराजित भएपछि पार्टीभित्र आरोप प्रत्यारोप सुरू भएको छ।

    जिल्लामा खाणनिकट समूहले पार्टीभित्रको अन्तरघातका कारण खाणले पराजय व्यहोर्नु परेको आरोप लगाएका छन् भने अर्काथरीले पार्टीभित्र विवाद सिर्जना गर्न आरोपको खेती गरिएको भन्दै त्यसको प्रतिरोध गरेको छ।

    कांग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको असक्षमताको कारण पराजय भोग्नु परेकोले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन्।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली कांग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईं लगायतले विज्ञप्ति निकाल्दै पार्टीभित्र अन्तर्घात गरिएको भन्दै लगाइएको आरोपप्रति आपत्ति जनाएका छन्।

     


    बुधवार, मंसिर १४ २०७९०५:२४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij