काठमाडौं । चर्चित गायक तथा गीत संकलक शालिकराम भण्डारीको शब्द रहेको नयाँ गीत रोटी रत्यौलीको सार्वजनिक भएको छ । भण्डारीको शब्दमा यज्ञ सापकोटा र तेजु सापकोटाको स्वर रहेको छ ।
रमाइला शब्द र मिठो स्वर रहेको गीतमा चर्चित गायक रामजी खाँणले अभिनय गर्नुभएको छ । उहाँलाई पवित्रा काफ्लेको साथ रहेको छ । गीतका शब्द, स्वर, अभिनय, सम्पादनलगायतका सवै पक्षमा अत्यन्त राम्रो प्रतिक्रिया आएको भण्डारीले बताउनुभयो ।
गीतमा गायक यज्ञ सापकोटाको नै संगीत रहेको छ भने उहाँकै म्युजिक कम्पनी अकला देवी म्यूजिकको अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ ।
मदन खड्काले निर्देशन गर्नुभएको गीतको छायाङ्कन बिरेन्द्र भट्टले गर्नु भएको हो । गीतको महेश विक्रम पाण्डेले एरेन्ज गर्नुभएको छ भने अमृत चापागाईले सम्पादन गर्नुभएको छ ।