Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सीके राउत नेतृत्वको जनमत पार्टी बन्यो राष्ट्रिय पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टी बन्यो राष्ट्रिय पार्टी

  • मंगलवार, मंसिर १३ २०७९

  • 1.8K
    SHARES

  • सीके राउत नेतृत्वको जनमत पार्टी बन्यो राष्ट्रिय पार्टी

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ ।

    प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।

    थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ ।

    यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने अहिले सम्म थ्रेस होल्ड कटाउने मत प्राप्त गर्न सकेको छैन ।


    मंगलवार, मंसिर १३ २०७९०२:१८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij