काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य काँग्रेस उमेदवार तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा पुन मतगणनाको माग गर्नुभएको छ ।
मतगणनामा धाँदली भएको भन्दै पुनह मत गणना गर्नुपर्ने बताउनु भएको हो । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै राखेर सबै क्षेत्रको पुनः मतगणना हुनुपर्ने माग समेत गर्नुभएको छ ।
नेकपा एमालेका उमेदवार जगदिश कुसियतसँग झिनो मतले अग्रता लिनुभएका सञ्चारमन्त्री कार्कीले मतदान र मतगणनाको क्रममा एमालेले धाँदली गरेको आरोप लगाउनुभएको छ ।
उता एमालेका उम्मेदवार कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ ।
कार्की २३ हजार ४३९ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका जगदिश कुसियतले २३ हजार ३४१ मत ल्याएर कार्कीलाई पछ्याइरहनुभएको छ ।