Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुई मुलुकबीचको सम्बन्धमा थप विवाद सिर्जना नगर्न भारतलाई चीनको चेतावनी

दुई मुलुकबीचको सम्बन्धमा थप विवाद सिर्जना नगर्न भारतलाई चीनको चेतावनी

  • शनिवार, आषाढ २० २०७७

  • 977
    SHARES

  • दुई मुलुकबीचको सम्बन्धमा थप विवाद सिर्जना नगर्न भारतलाई चीनको चेतावनी

    चीनले दुई मुलुकबीचको सम्बन्धमा थप विवाद सिर्जना नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झओ लिजियानले प्रेस ब्रिफिङका क्रममा भारतमा सञ्चालनमा रहेका चिनियाँ कम्पनीको सुरक्षाका लागि आवश्यक जुनसुकै कदम चाल्न पनि तयार रहेको बताएको छ ।

    भारत–चीन सीमा विवादपछि भारतले ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाउनुका साथै आगामी परियोजनाहरुमा चिनियाँ कम्पनीलाई संलग्न नगराउने निर्णय गरेपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार चीनतर्फ संकेत गर्दै विस्तारवादको युग सकिएको बताएका थिए ।
    उनले भारतीय सेनाको प्रशंसा गर्दै चीनलाई कमजोर भएको संकेत गरेका थिए ।

     


    शनिवार, आषाढ २० २०७७०३:२३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij